पार्टी विभाजनको असर प्रदेश नम्बर १ मा आज सरकार परिवर्तन भएको छ। नयाँ सरकार परिवर्तन भएसँगै मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएसंगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा भीम आचार्यलाई नियुक्त गरी शपथ गराएका छन्। नयाँ मुख्यमन्त्रीको शपथग्रहण संगै नयाँ मन्त्रीमण्डल विस्तार हुँने भएको छ।
आज मुख्यमन्त्री भएका भीम आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ३० दिनभित्र प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुपर्नेछ। यसैगरी मुख्यमन्त्रीले प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त भएको अवस्थामा मुख्यमन्त्री भई २ बर्ष सम्म काम गर्न पाउनेछ।२ वर्षसम्म मुख्यमन्त्रीको कार्यशैली चित्त नबुझेको खण्डमा अविश्वासको प्रस्ताव ल्याउन नपाइने नेपालको संविधानको धारा १६८ को उपधारा १ मा व्यवस्था गरेको छ। २ बर्ष कार्यकाल समाप्त भएपछि मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन सकिने संवैधानिक व्यवस्था छ।प्रकाश कपाली (सह-सम्पादक)