Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

निर्वाचन आयोगमा दर्ता भएका २ नयाँ पार्टीले पाए आधिकारिक पार्टीको बैधानिकता

राजनैतिक दुर्घटनाले एकताबद्ध भएका पार्टीहरु फुटको संघारमा पुग्दै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

संसद विघटन र संसद विघटनपछि देशमा निम्तिएको राजनैतिक दुर्घटनाले एकताबद्ध भएका पार्टीहरु फुटको संघारमा पुग्दै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राजनीतिक दुर्घटनाले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरु एकअर्काप्रति कटाक्ष गर्दै आक्रोशित मुद्रामा प्रस्तुत भएपछि पार्टी विभाजनको संघारमा गएको हो।

पार्टी विभाजनको संघारमा गएका पार्टीहरु मध्ये नेकपा एमालेका नेपाल -खनाल समूहका नेताहरुले नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगतै असंवैधानिक भएको धारणा राख्दै आएका नेताहरुले नेकपा एमाले पार्टी परित्याग गर्दै नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएसँगै निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाणपत्र र वैधानिकता दिएको छ।

यो पनि पढनुस !!

यसैगरी पूर्वप्रतिपक्ष दल जनता समाजवादी पार्टी राजनीतिक दुर्घटनाको कारण फुटको संघारमा पुगेसँगै ठाकुर -महतो समूहका नेताहरुले जसपाको पार्टी वैधानिकता नपाएका शीर्ष दलका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएसँगै पार्टी दर्ताको प्रमाणपत्र बैधानिकता निर्वाचन आयोगले दिएको छ। आज निर्वाचन आयोगले २ नयाँ दल निर्वाचन आयोगमा दर्ता गराउन आएका नेताहरूको पत्रलाई सहर्ष स्वीकार गर्दै पार्टीको आधिकारिकता, बैधानिकता, पार्टी दर्ताको प्रमाणपत्र दिएर निर्वाचन आयोगले संविधान अन्तर्गत रहेर आफ्नो कर्तव्य पूरा गरेको छ।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.