विद्रोही लडाकु तालिवान समूहद्वारा नयाँ सरकार गठनको घोषणा।
अफगानिस्तान सरकार र विद्रोही तालिवानबीच लामो समयको युद्धपछि विद्रोही लडाकु तालिबान समूहले अफगानिस्तानका सबै प्रान्त कब्जा गर्न सफल भएको छ। सबै प्रान्त कब्जा गरेका उनीहरुले अफगानिस्तानको राष्ट्रपति कार्यालय प्रवेश गरेपछि त्यहाँका राष्ट्रपति असरफ धानीले मुलुक छाडी ताजकिस्तानमा शरण लिन पुगेका थिए । अफगानिस्तानका राष्ट्रपति असरफ धानीले तालिवानी समूहले मुलुकका जनताहरूको सुरक्षा गर्नुपर्ने जिम्मा तालिवान समूहको हातमा आएको बताएका थिए।
सम्पूर्ण प्रान्त आफ्नो कब्जामा लिएपछि तालिवान समूहले अफगानिस्तानमा आफू नेतृत्वको समूहको नयाँ सरकार गठन गर्ने घोषणा गरेको छ। नयाँ सरकार गठन गर्ने घोषणा गरेसँगै तालिवान समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन्। तालिवान समूहका संस्थापक घानीले सहयोग गर्न अन्तर्राष्ट्रिय जगतलाई आग्रह गरेको छ। यसैगरी तालिवान र सरकारबीचको युद्ध अफगानिस्तानमा समाप्त भएसँगै विभिन्न देशहरुले आफ्ना देशका नागरिकलाई स्वदेश फिर्ता ल्याएका छन्। आगामी दिनहरुमा तालिवान सरकारले कसरी नेतृत्वदायी भूमिका निर्वाह गर्छ भन्ने विषय आम चासोको विषय बन्न पुगेको छ। प्रकाश कपाली (सम्वाददाता )
ट्रेनडिंग