शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रमुख प्रतिपक्षी एमालेबाहेकका सबै शक्ति समेटिने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकु नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएका छन् ।आयोगले नयाँ दललाई मान्यता दिए आफूहरू सरकारमा जान सकारात्मक रहेको लोसपाका नेताहरुले बताएका छन् । लोसपाका बरिष्ठ नेता शरतसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताएका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत त सरकारमा सहभागी हुने निश्चित प्रायः छ । माधव नेपालकै सिफारिसमा यादवचन्न्द्र शर्मालाई बागमती प्रदेशको प्रदेश प्रमुख बनाइसकिएको छ । नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त भइसकेका छन् ।
नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भइसकेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा पनि सरकारमा सहभागी हुने तय भइसकेको छ । नेकपा एकीकृत समाजवादी र लोसपा पनि सरकारमा सहभागी भएमा देउवा सरकारमा एमालेबाहेकका सबै शक्ति समेटिनेछन् ।