Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ

मकवानपुर, २०७८ भदौ ४ गते
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा सोही उपमहानगरपालिका-१० राप्तीरोड बस्ने २५ वर्षीय सन्दिप जोशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
साउन २३ गते दिउँसो सोही उपमहानगरपालिका-२ पिपलबोट नजिकै मनोज राईको सुन बनाउने ठाउँबाट ६५ लाल सुन र ९६ हजार रुपैयाँ चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न जोशीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.