Nepal Jana Khabar
हरेक जनताको खबर
२६ चैत्र २०८१, बुधबार
ट्रेनडिंग

कंचनपुर भीमदत्त नगरपालिकामा शिक्षक र प्रहरीबीच झडप

झडपको क्रममा १७ जना घाईते भएका छन्।

कञ्चनपुर भीमदत्त नगरपालिकामा शिक्षक र प्रहरीबीच भएको झडपको कारण त्यहाँको अवस्था तनावपूर्ण बनेको छ।शिक्षक दरबन्दीको विषयलाई लिएर आज शिक्षक र प्रहरीबीच आज झडप भएको हो।भीमदत्त नगरपालिकामा लामो समयदेखि तालाबन्दी भएपछि प्रहरीले तालाबन्दी खोल्ने क्रम मा सोही बिषयलाई लिएर झडप भएको हो। झडपको क्रममा १७ जना घाईते भएका छन्। जसमध्ये घाईते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक,२ जना कार्यालय कर्मचारी रहेक छन्।नगर शिक्षा समितिको दरबन्दी मिलानप्रति भएको असहमतिको कारण नेपाल शिक्षक संघले भीमदत्त नगरपालिकामा मूलगेटमा शुक्रबार तालाबन्दी गरेको र तालाबन्दी खोल्ने क्रम मा झडप भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुवेर्दीले बताएका छन्।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.