काठमाडौं । जेनजी आन्दोलनको पीडा र माग उठाइएका जेनजी आन्दोलनका मुद्दाहरूलाई सम्बोधन गर्ने उद्देश्यसहित गिरीराज अर्याल (राकेश) ले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा कार्यक्रममा अर्यालले गरिब, दुःखी, युवा, असहाय तथा दलित समुदायका आवाजलाई प्रतिनिधित्व गर्ने संकल्पसहित आफू चुनावी मैदानमा उत्रिएको बताए। सामाजिक न्याय, समान अवसर र जनमुखी राजनीतिको स्थापनाका लागि आफ्नो उम्मेदवारी समर्पित रहेको उनको भनाइ छ। अर्यालले जनताका वास्तविक समस्याहरूलाई संसदसम्म प्रभावकारी रूपमा पुर्याउने र लामो समयदेखि उपेक्षित तथा आवाजविहीन समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे। उनले जेनजी आन्दोलनले उठाएका सवाल र माग देखिएको जनआक्रोशलाई संस्थागत राजनीतिको माध्यमबाट सम्बोधन गर्ने स्पष्ट अडान पनि दोहोर्याए। उनको उम्मेदवारीले काठमाडौं–६ मा वैकल्पिक र मुद्दामुखी राजनीतिको बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
ट्रेनडिंग