निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि मिलन गुरुङ (चक्रे मिलन) लाई उमेदवार बनाएको छ। लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका चक्रे मिलन स्थानीय स्तरमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण तथा स्थानीय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको दाबी गरेका छन्। एमालेले गोरखा–२ मा विकास, सुशासन र जनमुखी एजेन्डालाई प्राथमिकतामा राखेर चुनावी अभियान अगाडि बढाएको जनाएको छ। चक्रे मिलनको उमेदवारीसँगै गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक गतिविधि थप तातिएको छ।
ट्रेनडिंग