Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

Genz 2.0 हालका समस्या समाधानको सूत्र सहित प्रधानमन्त्रीसँग छलफलमा बस्ने

देशमा बढ्दै गएको असमानता, बेरोजगारी, भ्रष्टाचार र युवा वर्गमा फैलिँदै गएको निराशाका विषयमा आवाज उठाउँदै आएको GENZ 2.0 आन्दोलन सरकारले अघि सारेको नागरिक सरकारसँग छलफल र सहकार्यका लागि औपचारिक रूपमा तयार रहेको जनाएको छ।

काठमाडौं १२ कात्तिक देशमा बढ्दै गएको असमानता, बेरोजगारी, भ्रष्टाचार र युवा वर्गमा फैलिँदै गएको निराशाका विषयमा आवाज उठाउँदै आएको GENZ 2.0 आन्दोलन सरकारले अघि सारेको नागरिक सरकारसँग छलफल र सहकार्यका लागि औपचारिक रूपमा तयार रहेको जनाएको छ। GENZ 2.0 का प्रवक्ता अबिन मेयाङ्गवो द्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको पत्रमा भनिएको छ—    “हामी सरकारसँग टकराव होइन, सहकार्यको बाटो रोज्न चाहन्छौं। देशमा स्थायित्व, पारदर्शिता र सुधार ल्याउन सरकार र नागरिकबीच खुला संवाद अनिवार्य छ।”आन्दोलनले देशका हालका समस्याहरूको दीगो समाधानका लागि “समाधानको सूत्र (Samadhan Formula)” प्रस्तुत गरेको छ। यस सूत्रमा पाँच प्रमुख दिशा समावेश छन् — 1. संवाद र सहकार्य: सरकार र नागरिकबीच प्रत्यक्ष संवाद मञ्च निर्माण। 2. रोजगारी र उत्पादन: बन्द उद्योग पुनःसञ्चालन र युवालाई आत्मनिर्भर रोजगारीमा प्रोत्साहन। 3. पारदर्शिता र जवाफदेहिता: भ्रष्टाचार नियन्त्रण र नागरिक निगरानी संयन्त्र सुदृढीकरण। 4. शिक्षा र चेतना: नागरिक नेतृत्व र जिम्मेवारीमूलक शिक्षाको विकास। 5. एकता र राष्ट्रिय पुनर्जागरण: सबै पुस्ता, वर्ग र क्षेत्रबीच सहकार्य र साझा नेपाली पहिचानको पुनर्स्थापना। GENZ 2.0 ले हालै देशका विभिन्न स्थानमा जिम्मेवार र अहिंसात्मक अभियान सञ्चालन गर्दै आएको जनाएको छ — जसमा “राष्ट्रिय जागरण कार्यक्रम”, “नेपाल सुरक्षित छ” अभियान, “रोजगारी र आत्मनिर्भरता अभियान” र “घाइते तथा सहिद परिवार सहयोग कार्यक्रम” प्रमुख छन्। प्रवक्ता मेयाङ्गवोले भने,“विभिन्न राजनीतिक दलका प्रमुखहरूसँग संवादको पहल हुँदैछ। हामीसँग समस्या मात्र होइन, समाधानका स्पष्ट सूत्रहरू पनि छन्। त्यसैले, प्रधानमन्त्रीसँग छिट्टै औपचारिक छलफल हुने अपेक्षा राखेका छौं।”GENZ 2.0 का परिकल्पनाकार तथा संरक्षक डा. हरि कार्की का अनुसार,“अब सबै पक्षले चाँडै एउटै साझा मञ्चमा आउनु जरुरी छ। राष्ट्रिय एकता र साझा उद्देश्यका आधारमा देशलाई स्थायित्वतर्फ लैजान GENZ 2.0 अब आन्दोलन होइन, संवाद र भेटघाट–केन्द्रित अभियानमा रूपान्तरण हुँदैछ। स्थायी समाधान र सहकार्यको मार्ग नै अबको बाटो हो।”

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.