Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ।

काठमाडौँ, ९ कात्तिक। नवनियुक्त मन्त्रीद्वय डा सुधा शर्मा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराएका हुन्।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिए। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, वर्तमान मन्त्रिपरिषद्का सदस्यलगायत उपस्थित थिए।

आज ४ जनाले शपथ लिने भनिए पनि अन्तिममा दुई जनाको रोकिएको थियो। श्रम रोजगारमन्त्रीमा सिफारिस भएका खगेन्द्र मन्त्री र भूमिमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको शपथ रोकिएको हो।

 


प्रतिक्रिया
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.