Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेर हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध जाहेरी दर्ता गर्न पुगेको छ।

काठमाडौं । राजधानीको राजनीतिक माहोल झन् तातिएको छ! नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेर हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध जाहेरी दर्ता गर्न पुगेको छ। अनेरास्ववियुले जेनजी आन्दोलनका क्रममा सरकारी संरचना तोडफोड र अराजक गतिविधि गरेको आरोप लगाएको छ। टोलीमा संगठनका पूर्व अध्यक्ष समिक बडाल र महासचिव दीपक धामीसहितका नेताहरू सहभागी थिए। रोचक कुरा के छ भने, यसअघि मंगलबार नै सुदन गुरुङ नेतृत्वको जेनजी समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएको थियो। प्रहरी स्रोतका अनुसार दुवै निवेदन लिएर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको छ। प्रहरी परिसरमा जेनजी समर्थक र अखिल कार्यकर्ता आमनेसामने भएपछि भद्रकाली क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। दुवै पक्षबीच नाराबाजी चलिरहेको र स्थिति तनावपूर्ण बनेको बताइन्छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.