Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

जेन्जी आन्दोलनमा घाइते भएका हरिहर सिलवाललाई मृ*त घोसणा गरिएको थियो। तर उनी उपचार पश्चात् बाचेका छ्न

जेन्जी आन्दोलनमा घाइते भएका हरिहर सिलवाललाई मृ*त घोसणा गरिएको थियो। तर उनी उपचार पश्चात् बाचेका छ्न र भन्छन् ,” २३ गतेको दिन बबरमहल तर्फ जाँदै गर्दा जेन्जीले भ्रस्टाचार बिरुद्द आन्दोलन गरेको भन्ने सुनेर म पनि सचेत नागरिक भएको हिसाबले के रहेछ भनी भिडमा छिरे। त्यति नै बेला ड्याम्म आवाज आयो र अगाडिका २ जना भाइहरु ढ*ले। त्यसपछी भिडका मान्छेले बाजे तपाईलाइ नि गो*ली लाग्यो भनेपछी एसो छातीतिर छामेको तातो भयो र मेरो र*ग*त बगेको देखेर म बेहोस भएछु। त्यसपछी म लगायत अरु घाइतेलाई सङ्गै वीर अस्पताल लगेर छातीमा पाइप राखी ९ दिनसम्म आइसियुमा उपचार गरिएछ। उपचार भैरहेकै समयमा मेरो नाम चाहिँ मृ*त*क भनेर मरेका हरुको लिस्टको १५ नम्बरमा सार्बजनिक गरिएछ। मेरा आफन्त रु*दै कराउदै अस्पतालमा आइपुग्दा म मरेको नभएर उपचार गराउदै गरेको भन्ने थाहा पाएपछि डाक्टर हरुले रेकर्डमा सानोतिनो प्राबिधिक त्रुटि भएछ भन्नू भो रे। म त पैसा नि नभएको मान्छे, अलि अलि उपचारमा सरकारले सहयोग गरेता पनि कम्ता दुख पाइएन औसधि किन्ने पैसा नभएर । मेरै अगाडि गो*लीले ढ*लेका हरु चाहिँ म*रेछ्न, सार्है नराम्रो लाग्यो। म चाहिँ भाग्यले बाचेको मान्छे!”

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.