Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

जेनजी आन्दोलनका क्रममा जेल फोडेर फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तद्वय केशवप्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौं ७ आश्विन जेनजी आन्दोलनका क्रममा जेल फोडेर फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तद्वय केशवप्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनको क्रममा मौकाको फाइदा उठाएर ५२ वर्षीय दुलाल र ५५ वर्षीय भण्डारी केन्द्रीय कारागार, जैसीदेवल, सुन्धाराबाट फरार भएका थिए । उनीहरूलाई ललितपुरको धापाखेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङको पथरी नगरपालिका वडा नं. १० स्थायी ठेगाना भएका दुलाल ललितपुर महानगरपालिकाको वडा नं. २३ धापाखेलमा बस्दै आएका छन् । भण्डारी ललितपुर महानगरपालिका वडा न.. २३ धापाखेल निवासी हुन् । एआईजी दानबहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै काठमाडौं उपत्यकाभित्रका कारागारहरूबाट फरार भएका कैदी बन्दीहरूलाई खोजतलास गरी पक्राउ गर्न विशेष आदेश दिएका थिए । एआईजी कार्कीको आदेश लगत्तै खोटिएको प्रहरी टोलीले भुटानी शरणार्थी प्रकरणका मुख्य नाइकेद्वय दुलाल र भण्डारी पक्राउ परेको हो । सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपाति रवि लामिछानेले जेनजी पुस्ताको आन्दोलनका नाममा आफ्ना पार्टीका नेता, कार्यकर्ताहरूलाई उत्तेजित बनाएर नख्खु कारागार जलाउन लगाइ फरार भएका थिए । त्यसपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका जेलहरू जलाउने, जेल फोडेर फरार हुने क्रम चलेको थियो । सोही क्रममा भुटानी शरणार्थी प्रकरणका नाइकेद्वय दुलाल र भण्डारी पनि कारागारबाट फरार भएका थिए । उनीहरूसँगै पूर्वउपप्रधानमन्त्री एवम् एमालेका नेता टोपबहादुर रायमाझी पनि फरार भएका थिए । यसअघि, कार्की काठमाडौं प्रहरी परिसरको प्रमुख रहेका बेला भुटानी शरणार्थी प्रकरणमा दुलाल र भण्डारीसहितका अभियुक्तहरूलाई छानविन गरी अदालतमा मुद्दा चलाएका थिए । संयोग नै मान्नुपर्छ कार्की एआईजी बनेर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हाल्ने वित्तिकै दुलाल र भण्डारी पक्राउ परेका छन् । कारागारबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका अर्का अभियुक्त तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको पनि खोजतलास जारी छ । पाण्डेलाई पनि प्रहरीले छिट्टै पक्राउ गरेर जेलमा हाल्ने तयारी गरेको छ ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.