Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

अब पर्यटन भातृ संगठन खारेज गर्नुपर्छ : वरिष्ठ पर्यटन व्यावसायी सापकोटा

काठमाडौं, ८ भदौ । नेपाल पर्वतारोहण संघको ताजा निर्वाचन परिणामले अब दलका भातृ संगठनहरू खारेज गर्नुपर्ने स्पष्ट सन्देश दिएको वरिष्ठ पर्यटन व्यवसायी तथा आधा सताब्दी पुस्तकका लेखक रामप्रसाद सापकोटाले बताएका छन् ।

फुर गेल्जे शेर्पा ३४२ मतसहित संघको नयाँ अध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सापकोटाले अब जनता ठूला दलका नेताहरूको निर्देशनमा चल्दैनन् भन्ने प्रमाणित भएको बताए । उनले भने, “भातृ संगठन बनाउने पार्टीहरू भनेको जनता भडाउने पार्टी हुन्, यस्ता संगठनको पछाडि लाग्दा समाज र देश बर्बाद हुन्छ।”

यो पनि पढनुस !!

उनका अनुसार समाज जोगाउन र देशको उन्नति गर्नका लागि भातृ संगठन नभएका पार्टी रोज्नुपर्ने र खुला प्रतिस्पर्धामा सहभागी हुनुपर्ने आजको प्रमुख सन्देश रहेको सापकोटाको भनाइ छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.