Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

प्रधानमन्त्री ओलीलाई निम्तो दिन नेपाल आइपुगे भारतीय विदेश सचिव

काठमाडौं, १ भदौ। भारतका विदेश सचिव विक्रम मिस्री आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका हुन् । विदेश सचिव मिस्री नेपालको औपचारिक भ्रमणमा आएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

मिस्रीले बिहान साढे १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने छन् ।

विदेश सचिव मिस्रीले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । देउवालाई भेट्न उनी बूढानीलकण्ठ पुग्नेछन् । यस्तै, उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने छन् ।

मिस्रीको नेपाल भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पूर्वतयारी रहेको अनुमान गरिएको छ ।

 

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.