Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

रास्वपाका नेता मोहन थापा अमेरिकाबाट ‘डिपोर्ट’

 रास्वपाका पूर्वकेन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट ‘डिपोर्ट’ (निष्कासित) भएका छन्। अमेरिकामा बसेर विभिन्न आपराधिक गतिविधि गरेको आरोपमा उनलाई अमेरिकाले डिपोर्ट गरेको हाे।

पाँच महिनासम्म अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्धन (आईसीई) को हिरासतमा बसेका थापा यही साउन २२ गते राति काठमाडौँ उत्रिएका हुन्। थापा अमेरिकाबाट भारत हुँदै एयर इन्डियाको उडान नम्बर एआई २११ बाट काठमाडौँ विमानस्थल ओर्लिएका हुन्।

उनलाई अमेरिकास्थित ‘इमिग्रेसन जज’ले नेपाल डिपोर्ट गर्ने निर्णय गरेको हो। सन् २०२५ मार्च ११ मा अमेरिकाको पेन्सिलभेनियया पुगेका उनी विमानस्थलमै समातिएका थिए। उनलाई पक्राउ गरी नेपाल डिपोर्ट गरिदिन अमेरिकी सरकारले आदेश दिएको थियो। सोही अनुसार उनी डिपोर्ट भएका हुन्।

अमेरिकाबाट डिपोर्ट भएका थापालाई अध्यागमन विभागले आवश्यक प्रक्रिया पुरा गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो। ब्युरोले उनलाई आवश्यक जानकारी सम्बन्धी फारम भर्न लगाएर छाडेको बताइएको छ।

थापा रास्वपाका सभापति रवि लामिछानेका निकट मानिन्छन्। थापा रविकै जोडबलमा पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।

 

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.