Nepal Jana Khabar
हरेक जनताको खबर
२४ चैत्र २०८१, सोमबार
ट्रेनडिंग

उमेरहद संगठन भित्र कसैको जितहार हुदै होईन बरु राजनीति बृतमा नयां मुद्दा स्थापीत गराएको मात्र हो ।

अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनभित्र ३२ बर्षे उमेरहद कायम गरेको छ ।

उमेरहद संगठन भित्र कसैको जितहार हुदै होईन बरु राजनीति बृतमा नयां मुद्दा स्थापीत गराएको मात्र हो । अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनभित्र ३२ बर्षे उमेरहद कायम गरेको छ । विद्यार्थी आन्दोलनमा यो एउटा ऐतिहासिक परीघटना हो । संगठन भित्र कसैको हारजित होईन ! यस घटनाले हाम्रो पार्टी लगायत राजनीतिक बृत्तमा एउटा नयां तरंग ल्याएको छ । अन्य विद्यार्थी संगठनहरुलाई समेत दवावमा परिरहेको छ । नेविसंघमा नेपाली कांग्रेस पार्टीले माथिवाट लादिएको उमेरहद यतिवेला हटाउने प्रयास भैरहदा क्रान्तिकारीको यस निर्णय पछी अफ्ठेरोमा पारेको छ । हदवन्दी उमेर मुनीका साथिहरु, सबैले बुझ्नु पर्नेकुरा यो छ की तिनै ३२ बर्ष उमेर काटेका संगठनको नेतृत्व तहमा बस्ने लिडरहरुले राष्ट्रिय सम्मेलनमा उमेरहदको ऐजेन्डालाई विधिवत प्रस्तुत गरेका थिए र त यो प्रकृया संभव भएको हो । उमेरहदका कारण विदा हुने साथीहरु ः २०८१ पौष १३ गतेको निर्वाचनको गोप्य मतदानको प्रकृयावाट यो ऐजेण्डाको टुंगो लागेको छ । ३२ बर्ष पुरा हुने जो तपाई नेताहरु हुनुहुन्छ तपाईको ईच्छा विद्यार्थीको वीचवाट आफुलाई परिक्षित हुने मौका गुम्यो भन्ने कुरा मनमा पक्कै पनि छ । त्यो कुरा एक हिसावले जायेज नै छ । तर एउटा विधि अगाडी बढिसकेकोले तपाईहरु यसमा अल्झिनु भन्दा बरु एक कदम अगाडी बढेर यसको सम्पुर्ण ओनरसिप लिनु उपयुक्त हुन्छ । पार्टी भित्र नविनतम बहस पैरवि गरेर नीति निर्माण तहमा युवा हरुलाई मौका दिनु पर्छ भन्ने ऐजेण्डा स्थापित गराउन तपाईहरुसंग उच्चतम नैतिक हैसियत रहन्छ । ईतिहांस र घटनाक्रमले योकुरा तपाईलाई सुम्पेको छ । जहांसम्म तपाईहरुको जिम्मेवारीको प्रस्न छ । आगामी पौष २१ गते देखी शुरुहुने पार्टीको केन्द्रिय समितीको बैठकमा एउटा ऐजेन्डा बन्ने छ । तपाईहरुलाई पार्टीले उचित र महत्वपुर्ण जिम्मेवारी सुम्पनेछ भन्ने मलाई विश्वास छ । सम्मेलनको अर्को महत्वपुर्ण काम बांकी छ त्यो हो नेतृत्व निर्माणको । माघ १२ गते निर्वाचन बाट आएको कमिटीलाई हस्तान्तरण गर्नु तपाईहरुकै जिम्मेवारी हो । यति मात्र होईन आगामी फागुन १५ गते हुने स्ववियुको निर्वाचनमा नयां टिमलाई सहजिकरण गरेर सफल तुल्याईदिने कुरा तपाईहरुकै कर्तव्य बन्न पुग्दछ । अन्त्यमा , माघमा १२ पछी नेतृत्वमा आउने नया पुस्ता तपाईहरु धेरै नमात्तिनुहोला । यो बोनसमा पाएको अधिकार पक्कै होईन बरु लामो समय देखी चलेको बहसलाई बर्तमान नेतृत्वले विधिसंगत हिसावले संस्थागत गराईदिएको कुरा कहिलै नभुल्नु होला । तपाईहरुको अव परिक्षा शुरु भएको छ बैचारिक र सांगठनिक हिसावले विध्यार्थी आन्दोलनलाई सही बाटोमा डोर्याउनुहोस् । आशा छ तपाई जुझारु युवाहरुले कुशल नेतृत्व प्रस्तुत गरेर यस परिघटनालाई सार्थक तुल्यादिनु हुने छ भन्ने विश्वास लिएको छु । शहिदको बलिदान, अग्रज र तपाईहरुका निबर्तमान सिनियर जो उमेरको प्राविधीक कारणले विदा लिदै हुनुहुन्छ , उहाहरुको सकरात्मक स्प्रिटलाई फलो गर्नुहोला र कमिकमजोरीबाट शिक्षा लिनुहोला । कलम र तारा अंकित रक्तरंजित झण्डालाई दह्रो संग समात्नुहोला । कदापी झुक्न नदिनुहोला मेरो अग्रीम शुभकामना छ । – हिमाल शर्मा फ्राक्सन ईन्चार्ज १५ पौष २०८१

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.