काठमाडौं ,पौष १४, प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा पक्राउ परेका तीन जना सार्वजनिक भएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय बाराले उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जितपुर सिमरा १९ घर भई जय माँ इन्जियरिङ वर्कसपक सञ्चालन गरिरहेका संचालक २७ वर्षको पुरुषोत्तम कुमार दास, ईन्द्रजित कुमार चौहान र श्रीकान्त तिवारी छन् ।पक्राउ परेका तिवारी राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत भएको खुलेको प्रहरीले जनाएको छ । गत पुस ६ गते विहान बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं-११ स्थित बकुलिया रमौली लोसन्डा सडकखण्डको छेउमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको ग्रे रंगको कारमा चालक बस्ने सिटमा रुम्बाको शव फेला परेको थियो
रुम्बा बाराकै जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी हुन् । प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मृत लाशको पोष्टमार्टमको क्रममा टाउकोबाट गोलीको बुलेट १ थान फेला परेको थियो । गोली फेला परेपछि प्रहरीले उनको हत्या भएको आशंकामा अनुसन्धान थालेको थियो ।
Enter
Enter
Enter
यो पनि पढनुस !!
Enter