Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

एन्ड्रोइडबाट आइफोनमा कसरी सार्ने फोन नम्बरहरु ?

तपाई एन्ड्रोइड फोन चलाइरहनुभएको थियो र भर्खरै आइफोनमा स्थानान्तरण गर्दै हुनुहुन्छ भने तपाईले सुरुमा नित्तान्त नयाँ तथा केही कठिन अनुभव गर्नुपर्ने हुनसक्छ । एन्ड्रोइड भन्दा एप्पलको आइओएसको प्रणाली पूरै नवीन, विशिष्ठ तथा अलिक कठोर वा कसिलो पाउनुहुनेछ । तरपनि यदि तपाईले केही उपायहरु अपनाउन सक्नुभयो भने एन्ड्रोइडबाट आइफोनमा स्थानान्तरण अलिक सहज हुनेछ, खासगरी फोनमा रहेका डाटा ट्रान्सफरको सबालमा ।

यी दुई अपरेटिङ सिस्टमहरु पूर्ण रुपमा दुई अलग अलग प्रणाली रहेका भएपनि गुगल अकाउन्ट चाहीँ दुबैको साझा थलो बन्न सक्दछ, जसले तपाईलाई फोन नम्बर लगायतका डाटाहरु सार्न सहयोग पुग्न सक्दछ । साथै यो कामका लागि अन्य केही टूलहरु पनि विकाश गरिएका छन् ।

यो पनि पढनुस !!

घरको नक्सा अनलाइनबाटै दर्ता

यसका लागि Move to iOS नामक एउटा एप छ । उक्त एप एप्पलले नै बनाएको हो र प्रयोगकर्तालाई डाटा स्थानान्तरण गर्न सहज बनाउनु नै यसको उद्देश्य हो । तपाईले आफ्नो आइफोन सेट गर्दैमा यो एप प्रयोग गर्न सक्नुहुन्छ । यसका अलावा साझा गुगल अकाउन्टका र VCF फाइलको रुपमा हातैले पनि फोन नम्बरहरु आइफोनमा सार्न सकिन्छ । एन्ड्रोइड फोनमा रहेको सिमकार्ड नै एप्पलमा हाल्नु चाहीँ अर्को अन्तिम उपाय हुनसक्दछ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.