Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

बाढीपहिरो: अहिलेसम्म २२८ जनाको मृत्यु, २५ जना अझै बेपत्ता

काठमाडौँ, १६ असोज। बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ। २५ जना अझै हराइरहेका छन्। बाढी पहिरोमा परेर एक सय ५८ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.