Nepal Jana Khabar
हरेक जनताको खबर
५ बैशाख २०८२, शुक्रबार
ट्रेनडिंग

गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन

गोरखा, १३ असोज । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस सम्पर्कविहीन भएको हो ।

`बस हराएको भन्ने सूचना पाएका छौँ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन,´ गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेश कुमार श्रेष्ठले भने, `हामी पनि खोजी रहेका छौँ ।´ बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।`बसमा धेरै यात्रु थिएनन् भन्ने छ । कति हुन् भन्ने विवरण छैन,´ उनले भने ।

बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।`बसमा धेरै यात्रु थिएनन् भन्ने छ । कति हुन् भन्ने विवरण छैन,´ उनले भने ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.