ललितपुर, १२ असोज । ललितपुरको नख्खु खोलामा आएको बाढीले चार जनालाई बगाएको छ । सशस्त्र प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१४ नखिपोटको कान्तिपुर कोलोनीबाट ४ जनालाई बगाएको हो ।
बगाएर बेपत्ता हुनेमा दुई जना पुरुष, एक जना महिला र एक जना बच्चा रहेका छन् । प्रहरीले खोजी कार्य जारी रहेको जानकारी दिएको छ । उनीहरुको समयमै उद्धार हुन नसक्दा बाढीले बगाएको हो।