Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

ममता काफ्ले प्रकरणमा प्रहरीले सार्वजनिक गर्‍यो नयाँ प्रमाण

काठमाडौं, १६ भदौ । अमेरिकामा हत्या गरिएको अनुमान गरिएकी ममता काफ्ले प्रकरणमा प्रहरीले थप प्रमाणहरू सार्वजनिक गरेको छ । अमेरिकाको मानस पार्कस्थित काफ्लेको घरबाट केही थप प्रमाणहरू भेटिएको मानसा पार्क प्रमुख मारियो लुगोले जानकारी दिएका छन् ।

उनले थप प्रमाणहरू अदालतमा पेस गरिएको बताएका छन् । काफ्लेको घरमा प्रहरीले खोजतलास गर्दा रगतका स्टेनहरू भेटिएको प्रमाण अदालतमा पेस गरिएको छ ।

केही दिनअगाडि मानस पार्क प्रमुख मारियोले घटनाबारे केही महत्वपूर्ण सुराग भेटिएको बताएका थिए । काफ्लोको हत्या भइसकेको प्रहरीको अनुमान छ ।

यद्यपि काफ्लेको मृत शरीर भने भेटिएको छैन । उनको हत्या उनकै श्रीमान नरेश भट्टले गरेको प्रहरीको दाबी छ । उनी यही आरोपमा पक्राउ परी थुनामा छन् । अदालतमा दुईपटक यो विषयमा सुनुवाइ भइसकेको छ ।

 

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.