Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने, विधान मस्यौदामाथि छलफल हुने

काठमाडौँ, २९ माघ। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को हिजोबाट सुरुभएको केन्द्रीय समिति बैठकमा प्रदेश समितिबाट रिपोटिङ गरिएको छ । हिजोदेखि राष्ट्रिय सभागृहमा सुरु भएको बैठकको पहिलो दिन १० वटा प्रदेश र तीनवटा आयोगले आफ्नो रिपोर्टिङ प्रस्तुत गरेको माओवादी केन्द्रले जनाएको छ। बैठक आज विहान ११ बजे पुनः बैठक सुरु हुनेछ। फागुन महिनामा हुने विधान सम्मेलनको तयारीका लागि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको हो।

राष्ट्रिय सभागृहमा करिब ८ सयजना सहभागीबीच मा‌ओवादीले सबैभन्दा पहिले पार्टीको तीन महिने अभियानको समीक्षा गरिरहेको छ । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको माओवादी केन्द्रको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको हो । राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । बैठकमा समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो। हिजोको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षले रिपोर्टिंग गरका थिए ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज र भोलिसम्म चल्नेछ । माओवादीको केन्द्रीय समिति चार सय नौ सदस्यीय रहेको छ । यस्तै, वैकल्पिक केन्द्रीय सदस्य दुई सय ७ जना रहेका छन् । यस्तै सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन आयोजाना गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले प्रस्ताव गरेको विधानमाथि माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.