Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन महासचिवको भूमिका महत्त्वपूर्ण छ : माओवादी केन्द्र

काठमाडौं, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनो गुटरेसको नेपाल भ्रमणले बहुआयमिक र विशेष अर्थ राखेको बताएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नियमित पत्रकार सम्मेलन गरी विशेष परिस्थितिमा गुटरेसको नेपालको भ्रमण हुनु गौरवको विषय भएको माओवादीले बताएको हो ।

बुद्ध जन्मेको भूमिबाट विश्वशान्तिको अपिल गर्नु गौरवका विषय रहेकेा पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए  । उनले विश्वले भोगेको जलवायु परिवर्तनको समस्यालाई लिएर सगरमाथा र अन्नपूर्ण क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नु दुर्लभ घटना बताए ।

उनले भने, ‘त्यसका साथसाथै नेपालको शान्ति प्रक्रिया निकै पेचिला र जटिल मुद्दाहरू समाधान भइसकेको छ । तर पनि निष्कर्षमा पुगेका छैन । हामी शान्ति प्रक्रियामा आइसकेपछि ४ चारवटा निर्वाचन भइसकेको  छ । यसले पनि नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले टुङ्गो लागेको पुष्टि भएको छ । अब पीडित पक्षलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय पक्ष, राष्ट्रिय दृष्टिकोण राखेर बाँकी काम पुरा गर्न महासचिवको भ्रमणले धेरै योगदान गरेको छ ।’

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन महासचिवको भूमिका महत्त्वपूर्ण रहने बताउँदै  सङ्घीय संसदमा उनले बोलेको कुरा सान्दर्भिक रहेको र  उनले सबै गतिविधिले नेपालप्रति गुटरेसको निकै लगाव रहेको बताए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.