Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, १२ कात्तिक । आइतबार प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री महतले नै ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गर्ने, ‘भन्सार विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची छ ।

आजकै बैठकमा परराष्ट्र मन्त्री एनपि साउदले ‘विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव’ पेश गर्ने कार्यसूची छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.